१५ गतेदेखि गोलाप्रथा कार्यान्वयन गर्ने असन्तुष्ट न्यायाधीशहरूको निर्णय, भोलि फुलकोर्ट बस्ने – Nepal Press

१५ गतेदेखि गोलाप्रथा कार्यान्वयन गर्ने असन्तुष्ट न्यायाधीशहरूको निर्णय, भोलि फुलकोर्ट बस्ने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूको वैठक सकिएको छ । बैठकले आगामी १५ गतेबाट पेसी व्यवस्थापनमा गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

अघिल्लो साताको फुलकोर्टले पेसी व्यवस्थापन गोलाप्रथाबाट गर्ने निर्णय गरेको थियो । त्यसलाई १५ मंसिरबाट कार्यान्वयनमा लैजानका लागि सूचना प्रकाशनलगायतका आवश्यक तयारी गर्ने निर्णय आजको बैठकले गरेको हो । न्यायाधीशहरूले यस विषयमा सर्वोच्च प्रशासनका कर्मचारीहरूसँग समेत छलफल गरेका थिए । आज पनि फुलकोर्ट भन्दै वैठक सुरु गरिएको भए पनि अनौपचारिक छलफलका रुपमा टुंगिएको थियो ।

पछिल्लो निर्णयअनुसार सर्वोच्चमा पेसी तोक्ने काम प्रधानन्यायाधीशले एकल रुपमा नभएर पेसी व्यवस्थापन निर्देशन समितिले गर्नेछ । उक्त समितिको अध्यक्षता भने प्रधानन्यायाधीशले नै गर्ने छन् । प्रधानन्यायाधीशले समितिको अध्यक्षता गर्ने गरी भएको नियमावली संशोधनमा न्यायाधीशहरू आफैं अल्मलिएका थिए । यद्यपि, उनीहरू निर्णय कार्यान्वयनमा लैजान तयार भएका छन् ।

छलफलमा सहभागी एक न्यायाधीशका अनुसार सर्वोच्चको फुलकोर्ट भोलि दिउँसो २ बजे पनि बस्ने भएको छ । सो वैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा पनि सहभागी हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर