रोल्पा कांग्रेस सभापतिमा आचार्य विजयी, देउवा समूहको प्यानलै पराजित – Nepal Press

रोल्पा कांग्रेस सभापतिमा आचार्य विजयी, देउवा समूहको प्यानलै पराजित

रुपन्देही । नेपाली कांग्रेस रोल्पाको जिल्ला सभापतिमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका किशोरकुमार आचार्य विजयी भएका छन् ।
संस्थापन समूहका मानबहादुर खत्रीले ४ सय ४० मत ल्याउँदा आचार्य ५ सय २ मत ल्याएर विजयी बने ।

त्यसैगरी उपसभापतिमा कविता उपाध्याय विजयी भएकी छन् । उनले ४७५ मत ल्याएकी थिइन् भने उपसभापतिमै ५०४ मत ल्याएर हरिबहादुर पुन विजयी भए । उनीहरू आचार्य प्यानलका हुन् ।

सचिवमा तिलबहादुर बुढाथोकी र शेरबहादुर थापा र सहसचिवमा गन्जबहादुर क्षेत्री र सुनिलकुमार वली विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर