निगमले भन्यो- प्राविधिक कारणले यात्रुलाई बीचमै ओराल्नुपर्ने बाध्यता पर्‍यो – Nepal Press

निगमले भन्यो- प्राविधिक कारणले यात्रुलाई बीचमै ओराल्नुपर्ने बाध्यता पर्‍यो

यस्तो घटना नदोहोरिने प्रतिबद्धता

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) को जहाजले रुकुमको सल्ले लानुपर्ने यात्रु नेपालगञ्ज लगेर ओरालेकोमा प्रष्टीकरण दिएको छ । प्राविधिक अड्चनका कारण यस्तो घटना भएको भन्दै अब दोहोरिन नदिने प्रतिबद्धता निगमको छ ।

मंसिर ५ गते काठमाडौंबाट रुकुमको सल्लेका लागि उडानका गर्ने क्रममा गन्तव्यमा नपुगी ड्यूटी सकिएको भन्दै पेम्वा शेर्पाले नेपालगञ्जमा नै जहाज अवतरण गरेका थिए । मन्त्रालयको र नेवानीको चर्को विरोधपछि नेवानीले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएको हो ।

गन्तव्यमा जहाज नपुगेपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले पाइलट शेर्पालाई स्पष्टीकरण सोध्न नेवानीलाई निर्देशन दिएका थिए । मन्त्रालयले हिजो स्पष्टीकरण सोध्दा केही नबोलेको नेवानीले आज विज्ञप्ति निकालेर चालक शेर्पाको बचाउ गरेको छ ।

‘हवाइ उडानसम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन- नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट ड्युटी अवधि दैनिक १० घण्टाको सीमा निर्धारण गरेको कारण त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको थियो’, विज्ञप्तिमा उल्लेख छ ।

रुकुम र नेपालगन्ज जाने यात्रुहरुलाई काठमाडौंमै राखिरहनु भन्दा नेपालगञ्जसम्म पुर्‍याएर रुकुम जाने यात्रुहरुलाई निगमको नियमानुसार होटलमा राखी भोलिपल्ट बिहानै रुकुम पुर्‍याउनुपर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय भएको नेवानीले भनेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर