गन्तव्यमा नपुर्‍याइ बीचैमा जहाज अवतरण गर्ने ‘सन्काहा’ पाइलटलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण – Nepal Press

गन्तव्यमा नपुर्‍याइ बीचैमा जहाज अवतरण गर्ने ‘सन्काहा’ पाइलटलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं । आकाशमा प्लेन उडाउँदै गर्दा नेपाल एयरलाइन्सका पाइलटले यात्रुले टिकट काटेको ठाउँमा नपुर्‍यार बीचैमा अवतरण गरेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले रुकुम जानका लागि उडेको प्लेन नेपालगञ्जमा अवतरण के कारणले गरेको हो भनेर स्पष्टीकरण सोधेको बताए ।

‘मैले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मार्फत पाइलट पेम्बा शेर्पालाई स्पष्टीकरण सोधेको छु । निगम मार्फत के करणले बीचमा नै प्लेन अवतरण गरेको हो भन्ने कुरा आउने छ’, मन्त्री आलेले भने, ‘मैले नेपाल वायुसेवा निगमलाई माथि उठाँउन धेरै काम गरेको छु । तर मलाई नै असहयोग भइरहेको छ । म असयोग भयो भनेर चुप बस्नु मान्छे हैन् । मलाई नेपाल वायुसेवा निगम सुधार गर्नका लागि नै यो मन्त्रालयमा पठाएको हो ।’

सरकारी कर्मचारीहरुले नै मन्त्रीले राम्रो काम गर्न लागेको देख्दा पनि सहयोग नगरेको गुनासो गरे । नेपाल वायुसेवा निगम पुरै सेटिङमा सञ्चालन भएको र अब त्यो सेटिङ जसरी भएपनि भत्काउने मन्त्री आलेले बताए ।

के भएको थियो नेपाल वायुसेवा निगममा ?

नेपाल वायूसेवा निगमका पाइलटले आफ्नो ड्यूटी सकिएको भन्दै उडाउँदै गरेको प्लेन गन्तव्यमा नै नपुगी अवतरण गरेका थिए । रुकुमका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर बिमानका पाइलटले ड्यूटी सकिएको बहानामा नेपालगञ्जमा अवतरण गराएर ८ जना यात्रुलाई अलपत्र बनाएका थिए ।

सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रुकुमको  सल्ले विमानस्थल जाँदै थियो । यात्रुहरु चाडै रुकुम आइपुगेको सोचेर खुसी भए । तर जहाजबाट बाहिर आउँदा नेपालगञ्ज आइपुगेको थाहा पाए । विमानस्थलमा अवतरणबारे कुनै अग्रिम जानकारी समेत गराइएको थिएन ।

जहाजका पाइलट पेम्बा शेर्पा थिए । त्यो दिन शेर्पाको ड्यूटी बिहान ५ः३० बजे सुरु भएर अपरान्ह ४ बजेसम्म थियो । उनले ४ बजेपछि यात्रुलाई रुकुम पुर्याउन पर्नेमा नेपालगञ्जमा नै अवतरण गराए ।


प्रतिक्रिया

2 thoughts on “गन्तव्यमा नपुर्‍याइ बीचैमा जहाज अवतरण गर्ने ‘सन्काहा’ पाइलटलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

  1. Yesta mula des drohi pailot accidents vayera kina marena / yatru lai tesari alapatra parna milxa lachari yesta pailot lai nepal sarkar le job bata barkhasta garerw des nikala garnuparxa sanka mula

Leave a Reply

Your email address will not be published. Required fields are marked *