सिन्धुपाल्चोक कांग्रेसमा संस्थापन पक्षको वर्चश्व, कुन पालिकामा को सभापति ? – Nepal Press

सिन्धुपाल्चोक कांग्रेसमा संस्थापन पक्षको वर्चश्व, कुन पालिकामा को सभापति ?

सिन्धुपाल्चाेक । आन्तरिक विवादपछि रोकिएको नेपाली कांग्रेस सिन्धुपाल्चोकको पालिका अधिवेशन सोमबार अबेर सम्पन्न भएको छ । १२ पालिका मध्ये १० पालिकामा सोमबार बेलुकी अधिवेशन सम्पन्न भएको हो । बाँकी रहेका दुई पालिकामा भने मंगलबार अधिवेशन हुने नेपाली कांग्रेस सिन्धुपाल्चोकका सचिव बिलबहादुर तामाङले जानकारी दिए ।

१० पालिका मध्ये दुई पालिकामा सर्वसम्मत नेतृत्व छनौट गर्दै अधिवेशन सम्पन्न भएको थियो भने बाँकी आठ पालिकामा भने संस्थापन र इतर पक्षबीच प्यानल नै खडा गरेर निर्वाचन मार्फत नेतृत्व चयन भएको थियो ।

अधिवेशन सम्पन्न भएको पालिकामा संस्थापन पक्षको वर्चश्व देखिएको छ । सिन्धुपाल्चोकमा संस्थापन पक्षको नेतृत्व कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले गर्दै आएका छन् भने इतर पक्षको नेतृत्व जिल्ला सभापति विकास लामा लगायतको टिमले गर्दै आएको छ ।

१० मध्ये आठ पालिकामा बस्नेत पक्षधरका सभापतिहरु विजयी भएका छन् । बस्नेत निकटका उमेदवार पािलकामा विजयी भएपनि कतिपय पालिकामा भने बस्नेतले खडा गरेका उमेदवारहरु पराजित भएका थिए । प्राय पालिकामा एउटै समुहका बीचमा समेत प्रतिष्पर्धा भएको थियो ।

कुन पालिकामा को सभापति ?

१. मेलम्ची नगरपालिका -बसन्त गुरुङ

२. चौतारा साँगाचोकगढी नगरपालिका– इन्द्रलोचन धिताल

३. बाह्रविसे नगरपालिका–शम्भु तिमिल्सिना

४. भोटेकोशी गाउँपालिका–देवीबहादुर बुढाथोकी

५. सुनकोशी गाउँपालिका–रुपकाजी लामा

६.त्रिपुरासुन्दरी गाउँपालिका–मोहन श्रेष्ठ

७.जुगल गाउँपालिका–सगुन श्रेष्ठ

८.बलेफी गाउँपालिका–रामकुमार तामाङ

९. पाँचपोखरी थाङपाल गाउँपालिका–प्रेम दोङ

१०. हेलम्बु गाउँपालिका–राजकुमार भण्डारी

अधिवेशन नभएका लिसंखुपार र इन्द्रावती गाउँपालिकामा भने मंगलबार अधिवेशन हुने कांग्रेस नेता समेत रहेका इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।

पालिकामा जस्तै प्रदेश र क्षेत्र र जिल्लामा समेत संस्थापन र इत्तर पक्षबीच प्यानल नै बनाएर अधिवेशनको तयारीमा कांग्रेस नेताहरु लागेका छन् । जिल्ला सभापतिमा भने अहिलेसम्म इन्द्रावती गाउँपालिकाका अध्यक्ष एवम गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले मात्रै उमेदवारी घोषणा गरेका छन् । उनी पौडल समुहका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर