एमालेको नयाँ संरचना: ९ ‘क्लस्टर’ बाट यसरी हुँदैछ प्रतिनिधित्व – Nepal Press

एमालेको नयाँ संरचना: ९ ‘क्लस्टर’ बाट यसरी हुँदैछ प्रतिनिधित्व

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुँदैछ । चितवनमा यही मंसिर १० देखि १२ गतेसम्म चल्ने महाधिवेशनले संशोधित विधान अनुसारको केन्द्रीय कमिटी चयन गर्नेछ ।

गत असोजमा भएको प्रथम विधान महाधिवेशने एमालेको साविक विधानलाई संशोधन गर्दै प्यानलबद्ध निर्वाचनलाई प्रतिबन्ध गरेको छ । त्यसैले अब हुने चुनाव प्यानलगतरूपमा प्रतिस्पर्धा हुने छैन ।

तर, पदाधिकारीबाहेक केन्द्रीय कमिटी सदस्यका लागि विभिन्न ‘क्लष्टर’ का आधारमा भने प्रतिष्पर्धा हुनेछ । एमालेको नयाँ विधानअनुसार २ सय २५ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ ।

नेपालको संविधानबमोजिम अब एमाले केन्द्रीय कमिटीमा महिला, आदिवासी जनजाती, मधेशी, दलित, थारु, मुस्लिम, श्रमिक, पिछडिएको क्षेत्र र भौगोलिक क्षेत्र गरि ९ ‘क्लष्टर’हुनेछन् ।

एमालेको केन्द्रीय कमिटीमा अब कम्तीमा एक तिहाइ महिलाको अनिवार्य उपस्थिति हुनेछ । जसअनुसार समावेशी क्षेत्रबाट ५७ र भौगोलिक क्षेत्रबाट १६ गरि ७३ जना महिलाको उपस्थिति अनिवार्यरुपमा एमाले केन्द्रीय कमिटीमा हुनेछ ।

त्यस्तै आदिवासी जनजातीबाट २२, मधेशीबाट १६, थारुबाट ६, मुस्लिमबाट ४, श्रमिकबाट ५ र पिछडिएको क्षेत्रबाट ३ केन्द्रीय सदस्य चयन हुने छन् ।

भौगोलिक क्षेत्रअन्तर्गत पनि ७ प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय कमिटीबाट पनि केन्द्रीय सदस्य चुनिने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर