तालिवानको नयाँ निर्णयः महिलाले सिरियल खेल्न नपाउने, टिभी प्रस्तोताले टाउको छोप्नुपर्ने – Nepal Press

तालिवानको नयाँ निर्णयः महिलाले सिरियल खेल्न नपाउने, टिभी प्रस्तोताले टाउको छोप्नुपर्ने

काबुल । तालिबान सरकारले महिलाहरुलाई टेलिभिजन सिरियलमा अभिनय गर्न रोक लगाउने निर्णय गरेको छ । महिला पत्रकार र प्रस्तोतालाई पनि टिभीमा टाउको छोप्ने पहिरन लगाउन भनिएको छ ।

तर, टाउको छोपेर काम गर्न गरिएको निर्णयबारे भने मापदण्ड उल्लेख गरिएको छैन । बीबीसीका अनुसार तालिबानका केही नयाँ निर्णयहरु अनिश्चित खाले छन् र भनिहाल्न पनि सकिने खालका छैनन् । गत अगस्ट मध्यमा तालिबानले शक्तिमाथि नियन्त्रण गरेका थिए ।

उनीहरुले थप कडा प्रतिबन्धहरु ल्याउँछन् कि भन्ने त्रास व्याप्त छ । अमेरिका र उसका साझेदारी मुलुकका सेनाहरु काबुलबाट बाहिरिने वित्तिकै तालिबान लडाकुहरुले महिला र किशोरीलाई विद्यालय नगएर घरमै बस्न आदेश दिएका थिए ।

सन् १९९० मा पनि तालिबानले किशोरीलाई विद्यालयमा जान प्रतिबन्ध लगाएका थिए । पछिल्लोपटक तालिबानले ल्याएका नयाँ नियमहरुमा टिभी सिरिजमा महिलालाई देखिन प्रतिबन्ध लगाउनेसहितका आठवटा बुँदा छन् ।

यो नियमअन्तर्गत पुरुष कलाकारले आफ्ना धेरै अंगहरु देखाएका फिल्मलाई सरिया कानूनअनुसार प्रतिबन्ध लगाउने कुरा पनि छन् । इस्लाम धर्मविरुद्ध प्रस्तुत हुने हाँस्य र मनोरञ्जमूलक कार्यक्रमलाई रोक लगाउने निर्णय पनि ल्याइएको छ । विदेशी संस्कृतिको प्रवद्र्धन गर्ने विदेशी फिल्मलाई प्रदर्शन गर्न नपाइने नियम पनि तालिबानले ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर