गोकुल बास्कोटाको दाबी– म सचिव नहुनुपर्ने कुनै कारण छैन – Nepal Press

गोकुल बास्कोटाको दाबी– म सचिव नहुनुपर्ने कुनै कारण छैन

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टीको दशौं महाधिवेशनमा सचिवका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । आफूसँग एमाले सचिवका लागि हुनपर्ने सबै भएको भन्दै उनले महाधिवेशनबाट निर्वाचित हुने दाबी पनि गरे ।

नेपाल प्रेससँग कुरा गर्दै बास्कोटाले भने– स्वभाविकरुपमा अहिलेभन्दा एक स्टेप माथि जाने सोच छ । केन्द्रीय सदस्य भइसकेको छु, सचिवमा मेरो सशक्त दाबी रहन्छ ।

उनले महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा हुनु नौलो नभएको भन्दै सचिवमा उम्मेदवारी दिने बताएका हुन् ।

पछिल्लो समय सात सचिवका लागि दुई दर्जन बढी नेताहरुले आकांक्षा व्यक्त गरिसकेका छन् ।

बास्कोटासँगको महाधिवेशनकेन्द्रित भिडियो अन्तरवार्ता केही समयपछि नेपाल प्रेसबाट सार्वजनिक हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर