‘साइबर सेना’ को नाम फेरियो, ओलीले ८ गते ‘साइबर सर्कल’ घोषणा गर्ने – Nepal Press

‘साइबर सेना’ को नाम फेरियो, ओलीले ८ गते ‘साइबर सर्कल’ घोषणा गर्ने

युवासंघभित्र सूचना प्रविधि विभागका रूपमा काम गर्ने

काठमाडौं । नेकपा (एमाले) को युवा संगठनअन्तर्गत रहने भनिएको ‘साइबर सेना’ को नाम परिवर्तन हुने भएको छ ।

एमाले युवा नेता महेश बस्नेतले प्रस्ताव गरेको साइबर सेना सेनाको नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ बनाइने भएको छ । बस्नेतले सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिने भएकाले नाम परिवर्तन गरिएको जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको ८ गते घोषणा गर्ने भएका छन् ।

‘जनताको मुखमा साइबर सेना भन्ने थियो,’ बस्नेतले नेपाल प्रेससँग भने, ‘यसलाई औपचारिकता दिँदा सेना शब्द राख्दा अलि द्वन्द्व, हिंसा जोड्लान । त्यही भएर साइबर सर्कल राखौं भन्ने भयो ।’

साइबर सर्कल युवासंघ अन्तर्गत एउटा विभागका रूपमा रहने पनि बस्नेतले बताए । ‘यो युवासंघको एउटा विभागका रूपमा जान्छ,’ उनले भने, ‘युवासंघको मातहतका कमिटीमा विभागकारूपमा काम गर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर