रोल्पामा बस दुर्घटना ४ जनाको मृत्यु, ११ घाइते – Nepal Press

रोल्पामा बस दुर्घटना ४ जनाको मृत्यु, ११ घाइते

दाङ । रोल्पामा फेरि सवारी दुर्घटना भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ । बस शहिदमार्गअन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

बसमा सवार १८/२० जना सवार रहेको अनुमान गरिएको छ । बस सडकदेखि १०० फिट तल खसेको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया

One thought on “रोल्पामा बस दुर्घटना ४ जनाको मृत्यु, ११ घाइते

  1. तिव्र गति जिवन छेति । उरन्ठेउला ड्राइभरले ज्यान धेरैकाे खाय है नेपालमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर