एमाले महाधिवेशनः विद्यार्थी विशेष कमिटीबाट चुनिए ६ प्रतिनिधि – Nepal Press

एमाले महाधिवेशनः विद्यार्थी विशेष कमिटीबाट चुनिए ६ प्रतिनिधि

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनका लागि विद्यार्थी विशेष जिल्ला कमिटीबाट ६ जना प्रतिनिधि चुनिएका छन् ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार विद्यार्थी विशेष कमिटीबाट नविना लामा, कल्पना वाइवा, रामजी सापकोटा, प्रकाश भुजेल, मोती विक र चिरञ्जिवी पौडेल महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।

एमालेको महाधिवेशनका लागि अधिकांश भूगोलबाट प्रतिनिधि चुनिइसकेका छन् । त्यस्तै विभिन्न जनवर्गीय संगठनबाट पनि प्रतिनिधि चुनिएका छन् ।

एमालेको १० औं महाधिवेशन मंसिर १० गतेदेखि चितवनमा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर