यसरी बन्दैछ एमाले महाधिवेशन उद्घाटनस्थल, स्टेज चार खण्डको हुने – Nepal Press

यसरी बन्दैछ एमाले महाधिवेशन उद्घाटनस्थल, स्टेज चार खण्डको हुने

चितवन । नेकपा (एमाले)को १० औं महाधिवेशन उद्घाटन हुने नारायणगढस्थित नारायणी नदी किनारमा मञ्च निर्माणको काम सुरु भएको छ । स्वयंसेवक परिचालन कमिटिका संयोजक तथा केन्द्रीय सदस्य विनोद श्रेष्ठले आजदेखि फिल्डको नक्सांकनको काम सुरु भएको बताए ।

‘चौरका खाल्डाखुल्डी पुर्न सुरु गरेका छौँ, स्टेज बनाउन नापजाँच गरेका छौँ’ उनले भने, ‘१० गते मूल आयोजक कमिटीलाई स्टेज हस्तान्तरण गर्नेछौँ ।’

यहाँ १६ फिट अग्लो स्टेज बनाइने छ । ‘१ सय जना अतिथि राख्न मिल्ने गरी आकर्षक स्टेज बनाउँदैछौँ’ उनले भने, ‘स्टेजमा चार खण्ड हुनेछन्, माथिल्लो तहमा स्थायी कमिटी र अतिथि रहनुहुनेछ, दोस्रो खण्डमा केन्द्रीय सदस्य, तेस्रो खण्डमा सांस्कृतिक कार्यक्रम गरिने र चौथो खण्डमा २ वटा पोडियम रहनेछन् ।’

उनका अनुसार ७२ जना वाद्यवादकले एकसाथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धुन बजाउन मिल्ने गरी ८ फिट अग्लो स्टेजको भाग बनाइनेछ । ३० फिट लामो स्टेज ४० फिट फराकिलो हुनेछ ।

‘नारायणी पुल, नदिपारिको गैडाकोट क्षेत्रबाट समेत हेर्न मिल्ने भव्य आकर्षक स्टेज बन्नेछ’, उनले भने, ‘उद्घाटनस्थल वरपर २० ठाउँमा स्क्रिनबाट लाइभ कार्यक्रम देखाइनेछ ।’

५ लाख जनताले सहजै उद्घाटन कार्यक्रम हेर्न सक्नेछन् ।

यहीं १० गते एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन नारायणी नदि किनारमा हुँदैछ । बन्दशत्र सौराहको होटल सेभेन स्टारमा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर