मुख्यमन्त्री राईले मागे विश्वासको मत, सबैलाई साथ लिएर जाने प्रतिबद्धता – Nepal Press
प्रदेश १

मुख्यमन्त्री राईले मागे विश्वासको मत, सबैलाई साथ लिएर जाने प्रतिबद्धता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पक्ष, विपक्ष नभनी सबैलाई मिलाएर लैजाने भन्दै आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार प्रदेसभामा विश्वासको मत माग्दै उनले यो सरकार संविधानसम्मत ढंगले बनेको बताए ।

‘संविधानसम्मत ढंगले बनेको सरकार हो,’ राईले भने, ‘त्यसकारण सबैबाट हामीलाई सर्मथन हुने छ भन्ने विश्वास लिएको छु ।’ पूर्वमुख्यमन्त्री भीम आचार्यले सहकार्यको प्रस्ताव गरेको भन्दै मिलेर जाने कुरामा आफू पनि सकारात्मक भएको राईले बताए ।

अहिले बैठकमा राजनीतिक दलका प्रतिनिधिहरूले धारणा राखिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर