एमाले महाधिवेशन: भरतपुरका यी स्थानबाट जुलुस निस्कने – Nepal Press

एमाले महाधिवेशन: भरतपुरका यी स्थानबाट जुलुस निस्कने

चितवन। नेकपा (एमाले)को आगामी मंसिर १० गते हुने महाधिवेशनको उद्घाटन सत्रमा जिल्लाका पाँच ठाउँबाट जुलुस निकालिने भएको छ । विभिन्न ठाउँबाट आएका सर्वसाधारणलाई भरतपुरका पाँच ठाउँबाट जुलुससहित सभामा सहभागि हुने व्यवस्था गरिएको हो ।

एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार पूर्वबाट आउने सहभागीहरु भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुनेछन् । पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था गरिएको छ । मुग्लिनतर्फबाट आउने सहभागीहरुरु आँटपारीबाट जुलुस सहित सभामा सहभागी हुने व्यवस्था गरिएको छ । उक्त ठाउँमा रोकिएका सवारीलाई नेपाल ट्रष्टको जग्गामा पार्किङ गर्ने व्यस्था गरिने भएको छ ।

माडी, जगतपुर, गीतानगरतर्फबाट आउने सर्वसाधारणहरु हाकिचोकबाट जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । ती ठाउँबाट आउने सवारीलाई पनि भरतपुर बसपार्कमा पार्किङको व्यवस्था गरिने छ । भरतपुरको पश्चिमी क्षेत्र चनौली, मेघौली लगायतका क्षेत्रबाट आउने सहभागीहरुलाई चौबीसकोठीबाट जुलुसमा सहभागी गराईने व्यवस्था गरिएको छ ।

भरतपुर महानगरपालिका- १६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागीहरु बेलचोकबाट जुलुसमा सहभागी हुनेछन् । त्यहाँ आउने सवारीलाई सोही क्षेत्रमा पार्किङको व्यवस्था गरिएको रावलले जानकारी दिए।

कालिका नगरपालिका र भरतपुर- ११ तर्फबाट आउने सहभागीहरु विशालचोकबाट वीरेन्द्र क्याम्पस रोड हुँदै जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । पश्चिम नेपालबाट आउने सर्वसाधारणलाई पुल्चोकबाट जुलुससहित सभामा सहभागी गराईने भएको छ । पश्चिमबाट आउने सवारीसाधनलाई गैंडाकोटतर्फको नारायणी नदी किनारमा पार्किङको व्यवस्था गरिएको छ ।

नेकपा एमालेको १० औं महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र नारायणगको नारायणी नदी किनार र बन्द सत्र सौराहाको होटल सेभेन स्टार परिसरमा हुने छ । एमालेको १० औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

जुलसका लागि भेला हुने स्थान निम्नानुसार हुनेछन्:

–पूर्वका सवारीसाधनबाट आउने सहभागीहरु भरतपुर केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी भइ महाधिवेशन उद्घाटन स्थल पुग्ने । सवारीसाधनहरु बसपार्कमा पार्किङ गर्ने ।

–इच्छाकामनालगायत मुग्लिनतर्फका सवारीसाधनबाट आएका सहभागीहरु आँपटारीमा जुलुसमा सहभागी भई महाधिवेशन उद्घाटन स्थल पुग्ने । सवारीसाधनहरु नेपाल ट्रष्टको जग्गामा पार्किङ गर्ने ।

–माडी, गीतानगर, जगतपुरतर्फका सवारीसाधनबाट आउने सहभागीहरु हाकिमचोकबाट जुलुसमा सहभागी भई महाधिवेशन उद्घाटन स्थल पुग्ने । सवारीसाधनहरु भरतपुर बसपार्कमा पार्किङ गर्ने ।

–भरतपुर १६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागीहरु बेलचोकबाट जुलुसमा सहभागी हुने । सवारीसाधनहरु बेलचोक क्षेत्रमा पार्किङ गर्ने ।

–भरतपुर ११, कालिका तर्फबाट आउने सहभागीहरु विशालचोकबाट वीरेन्द्र क्याम्पस रोड हुँदै जुलुसमा सहभागी हुने ।

–भरतपुरको पश्चिम क्षेत्र, चनौली–मेघौलीबाट आउने सहभागीहरु चौबीसकोठीमा जुलुसमा सहभागी हुने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर