गण्डकी प्रदेशका प्रमुख सचिव फेरिए, एक सचिवको सरुवा एक सचिवको पदस्थापन – Nepal Press

गण्डकी प्रदेशका प्रमुख सचिव फेरिए, एक सचिवको सरुवा एक सचिवको पदस्थापन

काठमाडौं । गण्डकी प्रदेशको प्रमुख सचिव फेरिएका छन् । प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका डा. दामोदर रेग्मीको युवा तथा खेलकुख मन्त्रालयमा सरुवा भएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समुहमा रहेका सचिव रविलाल पन्थलाई गण्डकी प्रदेश प्रमुख सचिवको जिम्मेवारी दिइएको हो ।

एक साता अघि बसेको मन्त्रिपरिषद् बैठकले सरुवा र पदस्थापन गर्ने निर्णय गरे पनि उक्त निर्णय सार्वजनिक भएको थिएन । मंगलबार गण्डकी प्रदेशका प्रमुख सचिवलाई डा. रेग्मीको गण्डकी प्रदेश सरकारले औपचारिक विदाई गरेपछि उक्त निर्णय भएको सार्वजनिक भएको हो । गत असारमा बसेकाे मन्त्रिपरिषद् बैठकले रेग्मीलाइ सहसचिवबाट सचिवमा बढुवा गरेर गण्डकी प्रदेशमा पदस्थापन गरेकाे थियाे ।

करिव दुइ महिनादेखि युवा तथा खेलकुद मन्त्रालय सचिवविहिन भएको थियो । गण्डकी प्रदेशकाे प्रमुख सचिवमा पदस्थापन भएका सचिव पन्थ एक महिना भन्दा अघि नै सहसचिवबाट सचिवमा बढुवा भएका थिए । तर उनलाई सरकारले पदस्थापन गर्न ढिलाई गर्दै आएको थियो । पन्थ बुधबार नै प्रदेशमा हाजिर हुदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *