एक दिनको बन्दले कुन क्षेत्रमा कति घाटा ? – Nepal Press

एक दिनको बन्दले कुन क्षेत्रमा कति घाटा ?

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलिय पदार्थको मूल्य वृद्धिको विरोधमा आज नेपाल बन्द गरेको छ । पटक-पटक नेपाल बन्द नगर्ने प्रतिबद्धता गर्दै आएका दल फेरि बन्दमा उत्रिन थालेका छन् । लामो समयपछि आज नेपाल बन्द भयो ।

निजी क्षेत्रले नेपाल बन्दको विरोध गर्दै आएका छन् । तर, पनि बन्दलाई अस्त्र बनाउँदा मुलुकको अर्थतन्त्रमा उत्तिकै क्षति भइरहेको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले १ दिनको बन्दले निजी क्षेत्रलाई १० अर्ब क्षति हुने बताए ।

अग्रवालले भने, ‘नेपाल बन्द हुँदा निजी क्षेत्रलाई ठूलो घाटा हुन्छ । सर्वजनिक यातायातमा उद्योग र व्यापारीक क्षेत्रमा काम गर्ने मजदुर आउन पाउँदैनन् । निजी क्षेत्रमा लागनीको वातावरण पनि आफै विग्रिदै जान्छ । विदेशी लगानी कर्ताहरु पनि नेपाल बन्द भइरहन्छ भने लगानी गर्न आउँदैनन् । नेपाल बन्दको कारणले गर्दा देशको आर्थिक वृद्धि दरलाई पनि रोक्छ । कोरोनाको कारणले थला परेर विस्तारै उठ्न थालेका पर्यटन र यातायात क्षेत्र समस्यामा जान्छन् ।

कोरोनाको कारणले पनि निजी क्षेत्र समस्यामा परेको थियो । कोरोनाको पहिलो लहरमा महिनौंसम्म लकडाउन भयो । जनजीवन नै ठप्प भएको त्यो समयमा देशको आर्थिक वृद्धिलाई ठूलै धक्का लागेको थियो । सो यतिबेला अत्यावश्यक बाहेकका सेवा र उत्पादनको बिक्री वितरण बन्द भएको थियो ।

लकडाउनको समयमा निजी क्षेत्रले दैनिक ८ अर्बको क्षति बताएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा १ दिन बन्द हुँदा ८ अर्ब क्षति भएको बताएका थिए ।

पहिलेको लकडानमा बन्द भएका उद्योगहरु पुर्णरूपमा सञ्चालन नहुँदै फेरि निषेधाज्ञा भएपछि उद्योग र व्यवसाय अब कसरी उठ्छ् भन्ने चिन्ता रहेको गोल्छाले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष गोल्छाले नेपाल बन्द हुँदा सामान्य र गरिब जनता सबै भन्दा धेरै समस्यामा पर्ने बताए ।
गोल्छा भन्छन्, ‘नेपाल बन्द गरेर नै विरोध हुन्छ भन्ने बुझाइलाई सच्याउन पर्छ । नेपाल बन्द गरेर मात्रै आफ्नो माग पुरा हुन्छ भन्ने होइन । बन्दभन्दा पनि अन्य विकल्प निकालेर विरोध जनाउन वा आफ्नो माग सरकारसँग राख्न सकिन्छ । नेपाल बन्द गरेर के फल मिल्छ ? देशको उद्योगधन्दा बन्द हुन्छ । रोजगारी दिने उद्योगहरुको स्थापनामा पनि कमि आउछ । देशलाई नै घाटा हुनेका गर्दा त्यसले कसैलाई पनि राम्रो गर्दैन । साना र मझौला उद्योग नेपाल बन्दको कारणले अझ समस्यामाा पर्ने अवस्था आउछ ।’

कुन क्षेत्रमा कति क्षति ?

सिमेन्ट उद्योग

१ दिन नेपाल बन्द हुँदा सिमेन्ट उद्योगले ठूलो घाटा हुने सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए । उनले भने, ‘कोरोनापछि बल्ल सिमेन्ट उद्योगहरू उक्सिन खोज्दै छन् । तर, अब फेरि नेपाल बन्द सुरू भएको छ । यसले सबैलाई समस्या पार्छ ।’

एक दिन सिमेन्ट उद्योग बन्द हुँदा सिमेन्ट उद्योगलाई ५० देखि ६० करोड क्षति हुने थापाले बताए ।

निर्माण क्षेत्र

बन्दको बेला कार्यस्थलमा मजदुर आउन नसक्दा निर्माण क्षेत्र पनि प्रभावित बन्ने गरेको छ । १ दिन नेपाल बन्द हुँदा ३० करोडको हाराहारीमा घाटा हुने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

बन्दका कारण होटल, यातायात, निर्माण, सूचना प्रविधि क्षेत्र र उद्योगलगायतका क्षेत्र गरी १ दिन बन्द हुँदा १० अर्ब क्षति हुने निजी क्षेत्रले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *