मन्थलीमा नेपाल एयरलाइन्सको नियमित उडान संचालन गर्ने मन्त्री आलेको आश्वासन – Nepal Press

मन्थलीमा नेपाल एयरलाइन्सको नियमित उडान संचालन गर्ने मन्त्री आलेको आश्वासन

रामेछाप । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले रामेछापको मन्थली विमानस्थलको स्तरोन्नति गर्दै नियमित उडान सञ्चालन गर्ने आश्वासन दिएका छन् ।

नेकपा एकीकृत समाजवादीले खाँडादेवी गाउँपालिकाको गाल्बा बजारमा आयोजित वडा सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री आलेले मन्थलीमा नेपाल एयरलाइन्सको नियमित उडान संचालन गर्ने बताएका हुन् ।

मन्त्री आलेले भने, ‘अहिले निगमसँग तीनवटामात्र टुइनटर विमान छन् । अब हामी चाँडै थन्किएर बसेका चीनिया जहाज पनि संचालन गर्दैछौं । त्यसपछि नियमित एउटा फ्लाइट चल्नेगरी व्यवस्था गर्नेछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर