आफ्नै दाजुको हत्या गरेको अभियोगमा पक्राउ – Nepal Press

आफ्नै दाजुको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । ईलाममा आफ्नै दाजुको चक्कु प्रहार गरी हत्या गरिएको छ । सन्दकपुर गाउँपालिका-१ चाँपगैरीका ३५ वर्षीय इच्छा मुखियालाई ३० वर्षीय चक्र मुखियाले चक्कु प्रहार गरी हत्या गरेको इलाम प्रहरीले जनाएको छ । हत्याका अभियुक्त मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य विवाद भएपछि चक्रले चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका इच्छाको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय ईलामका प्रहरीले खबर प्राप्त हुनासाथ हत्यामा प्रयोग भएको चक्कुसहित उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय ईलामले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *