पहिलो टी-२० अन्तर्राष्ट्रियमा नेपाल र कतार भिड्दै – Nepal Press

पहिलो टी-२० अन्तर्राष्ट्रियमा नेपाल र कतार भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मंगलबार पहिलो कतारसँग टी-२० अन्तर्राष्ट्रिय खेल्दै छ । आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि मिडिल-इस्ट भ्रमणमा रहेको नेपालले तयारी स्वरुप कतारसँग टी-२० खेल्न लागेको हो ।

नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि कतारको राजधानी दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा खेल सुरु हुनेछ ।

छनोटको तयारीका लागि कतारमा घरेलु टोलीसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्ने तयारी छ । नेपाली महिला क्रिकेटको इतिहासमै यो पहिलो टी-ट्वान्टी सिरिज हो । कोरोना भाइरसले प्रभावित भएसँगै नेपाली टोलीले करिब दुई वर्षपछि पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदयता नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छैन । कतार सिरिजअन्तर्गत नेपालले आजसहित मंसिर १ गते दोस्रो र मंसिर २ गते तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल्नेछ ।

नोभेम्बर २२ देखि २८ सम्म दुबईमा हुने विश्वकप छनोटका लागि नेपाली टोली नोभेम्बर १९ उतैबाट प्रस्थान गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर