बन्दकर्ताद्वारा त्रिपुरेश्वरमा टायर बालेर प्रदर्शन, पाँच पक्राउ – Nepal Press

बन्दकर्ताद्वारा त्रिपुरेश्वरमा टायर बालेर प्रदर्शन, पाँच पक्राउ

काठमाडौं । मूल्यवृद्धिविरुद्ध नेपाल बन्दको आह्वान गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले आज विहान काठमाडौंको त्रिपुरेश्वर क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् ।

सुन्धाराबाट त्रिपुरेश्वर जाने ओरालोमा टायर बालेर बाटो बन्द गराएका बन्दकर्ता तत्कालै प्रहरी पुग्दा त्यहाँबाट भागिसकेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाएर बाटो खुलाएको थियो ।

बन्द गराउँदै हिँडेका पाँचजना नेकपा कार्यकर्तालाई प्रहरीले उपत्यकाका दुई स्थानबाट पक्राउ गरेको छ । महाराजगन्जबाट ३ जना र साँखुबाट २ जना बन्दकर्ता पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपाले नेपालबन्दको आह्वान गर्दा राजधानी लगायत देशका मुख्य शहरक्षेत्रमा न्यून असर परेको छ । सार्वजनिक सवारीहरु न्यून मात्रामा चले पनि निजी सवारीसाधन उल्लेख्य गुडिरहेका छन् ।

बन्दका कारण काठमाडाैं उपत्यकाका मुख्य चाेकका पसलहरु खुलेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर