सहयोगी हातहरूलाई सम्मान गर्दै टोखा नगरपालिका – Nepal Press

सहयोगी हातहरूलाई सम्मान गर्दै टोखा नगरपालिका

काठमाडौं । टोखा नगरपालिकाले नगरका विभिन्न क्षेत्रका सहयोगी दाताहरूलाई सम्मान गर्ने भएको छ ।

भोलि आयोजना गरिएको सार्वजनिक सुनुवाइको अवसरमा नगरपालिकालाई विभिन्न माध्यमबाट सहयोग गर्ने सहयोगी दातालाई सम्मान गर्न लागेको मेयर प्रकाश अधिकारीले जानकारी दिए ।

सम्मानित हुनेहरूमा नीति निर्मााणमा सहयोग गर्ने व्यक्ति, सबैभन्दा बढी कर तिर्ने करदाताहरू, योग साधक, चाकु उत्पादकहरू, संचारकर्मी, शैक्षिक संस्था, सहकारी संस्था, कोभिडको समयमा प्लाज्मा दान गर्नेहरु तथा नगद र खाद्यान्न सहयोग गर्नेहरू, कोरोना महामारीको बेला स्वयंसेवकहरू, स्वास्थ्य स्वयंसेवकलगायत छन् ।

नेकपा एमाले महासचिव एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा टोखा नगर स्मारीका २०७८ सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया

One thought on “सहयोगी हातहरूलाई सम्मान गर्दै टोखा नगरपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर