घट्दो नेप्सेमा ४ कम्पनीको सेयर मूल्य उच्च वृद्धि – Nepal Press

घट्दो नेप्सेमा ४ कम्पनीको सेयर मूल्य उच्च वृद्धि

काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से १.३८ अंकले घट्दै २६८८.९२ अंकको बिन्दुमा कारोबार बन्द भएको छ । २३० कम्पनीको ७४ लाख ३४ हजार ५३७ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेमा आज ४ अर्ब ९ करोड कारोबार भएको छ ।

नेप्सेको सूचांक घटे पनि सेन्सेटिभ परिसूचक भने ०.२५ अंकले बढेको थियो ।

यसैगरी समूहगत परिसूचकतर्फ विकास बैंक समूह, वित्त कम्पनी, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, नीर्जीवन बीमा समूह र अन्य समूहको सूचांक बढेको छ ।

आज सबैभन्दा धेरै विकास बैंक समूहको सूचांक करिब १६५ अंकले बढेको छ ।

आजको समूहगत उपसूचांकतर्फ बैंकिङ समूह, जलविद्युत समूह, लगानी समूह, बीमा समूह ब्यापार समूह र म्युचल फण्ड समूहको कारोबार घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको कारोबार करिब ६८ अंकले घटेको छ ।

आजको कारोबारमा बोटर्स नेपाल तराई, मानुसी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र महालक्ष्मी विकास बैंकको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ । हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयर कारोबारमा नकारात्मक सर्किटब्रेक लागेको छ ।

२७ करोड ४९ लाख रुपैयाँ बराबर सेयर कारोबार गरेको महालक्ष्मी विकास बैंक कारोबार रकमका आधारमा अग्रस्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर