डिस्चार्ज भए प्रचण्ड – Nepal Press

डिस्चार्ज भए प्रचण्ड

काठमाडौं । रक्तचाप बढेर अस्पताल भर्ना भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डिस्चार्ज भएका छन् । लतिपुरस्थित मेडिसिटी अस्पतालमा शनिबार भर्ना भएका प्रचण्डलाई चिकित्सकको सल्लाहमा गएराति अस्पतालमै राखिएको थियो ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले स्वाथ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको जानकारी दिए । धपेडी र चापका कारण स्वास्थ्यमा केही असहज देखिए पनि अहिले अवस्था समान्य रहेको उनको भनाइ छ ।

प्रचण्ड पार्टी कार्यक्रमको सिलसिलामा कर्णाली प्रदेशको डोल्पा र पूर्वी पहाडी जिल्ला भोजपुर सहभागि थिए । बिरामी भएपछि उनको महोत्तरी जाने कार्यक्रम स्थगित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर