खुकुरी रमले सार्वजनिक गर्‍यो नयाँ प्याकेजिङ – Nepal Press

खुकुरी रमले सार्वजनिक गर्‍यो नयाँ प्याकेजिङ

काठमाडौं । खुकुरी रमले आफ्नो प्याकेजिङ परिवर्तन गरेको छ । कम्पनी रि-डिजाइन गरेको आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक गरेको हो ।

कम्पनी स्थापनाको ६२औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रूपमा बजारमा ल्याएको कम्पनीको दाबी छ ।

लन्डनको प्रतिष्ठित कम्पनीले नयाँ प्याकेजिङको डिजाइन गरेको कम्पनीले बताएको छ । खुकुरी रमले आफ्नो प्याक परिवर्तन गर्नुअघि देशविदेशका ग्राहकहरूमाझ रिसर्चसमेत गरेको बताइएको छ ।

प्याकेजिङ परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन नगरिएको कम्पनीले बताएको छ । हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन भएको कम्पनीले जानकारी दिएको छ ।

खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरुप परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरुको मन जित्ने विश्वास खुकुरी रमको उत्पादक, द नेपाल डिस्टिलरिजका महाप्रबन्धक शुभाष लामिछानेले बताए ।

‘नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रुपमा ध्यान दिएका छौं,’ लामिछानेले भने, ‘बरु त्यो अनुभव अझ विशेष बनोस् भन्ने हाम्रो चाहना हो ।’
खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर