कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितिका एजेण्डा तय गर्ने – Nepal Press

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितिका एजेण्डा तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बिहान नौ बजेपछि सुरु हुने बैठकमा आइतबार बस्ने केन्द्रीय समितिको एजेण्डा तय गर्ने विषयमा छलफल हुनेछ ।

देउवा निवासमा कांग्रेसका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुलाई लञ्चसहितको बैठकमा बोलाइएको हो । बैठकमा महाधिवेशनका लागि विभिन्न समितिहरु गठन गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

सभापति देउवाले केन्द्रीय समितिको आइतबारको बैठकअघि नै एजेण्डाबारे शीर्षतहमा सहमति जुटाउने प्रयासस्वरुप बैठक बोलाएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने रौतहटमा क्रियाशील सदस्यताको विवाद समाधानका लागि लामो समयदेखि अनसन बसेकाहरुको माग सम्बोधन गर्नुपर्ने, डडेल्धुराको विवाद समाधान गर्नुपर्ने लगायतका एजेण्डालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

आइतबार बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिका साथै महाधिवेशन तयारीबारे छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर