ड्यानी एल्भेस बार्सिलोना फर्किने निश्चित – Nepal Press

ड्यानी एल्भेस बार्सिलोना फर्किने निश्चित

काठमाडौं । पाँच वर्षअघि युभेन्टस जान क्याम्प नोउ छाडेका ब्राजिलियन डिफेन्डर ड्यानी एल्भेसलाई बार्सिलोनाले पुनः अनुबन्ध गर्ने निश्चित भएको छ । व्यावसायिक फुटबलका सर्वाधिक सफलमध्ये एक खेलाडी ३८ वर्षीय एल्भेस बार्सा छाडेर सन् २०१७ मा युभेन्टस गएका थिए ।

उनले बार्सिलोना, पेरिस सेन्ट जर्मन (पीएसजी) र युभेन्टसबाट गरी ९ पटक शीर्ष डिभिजनको लिग जितेका छन् । बार्सा छाडेको पाँच वर्षपछि फ्रि एजेन्टमा उनी फेरि क्याम्प नोउ फर्किने भएका हुन् ।

एल्भेसले तीन च्याम्पियन्स लिग र चार कोपा डेल रे चार पटक बार्सिलोनामा रहँदा जितेका थिए । बार्सिलोनाले उनको पुनरागमनको घोषणा गर्दै एल्भेसलाई क्लबको इतिहासकै सर्वोत्कृष्ट राइट ब्याकको रूपमा ब्याख्या गरेको छ ।

‘ब्राजिलियन एल्भेस अर्को हप्ताबाट क्लबमा आउने छन्,’ बार्साले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘तर, उनी जनवरीभन्दा अगाडि खेल्न पाउने छैनन् ।’

एल्भेसले पहिलो क्याम्प नोउ बसाइमा २३ उपाधि जितेका थिए । तीन पटक फिफा क्लब विश्व कप, तीन स्पेनिस सुपर कप र चार युरोपियन सुपर कपसमेत जिेतका थिए । उनले युभेन्टसबाट २०१६÷१७ मा सिरी ‘ए’ र २०१७÷१८ मा लिगवान्समेत जितेका थिए ।

उनले ब्राजिलियन क्लब साओ पाउलोसँग गरेको सम्झौता गत सेप्टेम्बरमा आन्तरिक विवादका कारण रद्द भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर