पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा – Nepal Press

पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा

काठमाडौं । पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलिया टी-२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । अस्ट्रेलियाका लागि डेभिड वार्नरले ३० बलमा ३ चौका र ३ छक्कासहित सर्वाधकि ४९ रन बनाए । यस्तै मार्कुस स्टोइनिस र म्याथ्यु वेडले अविजित ४० र ४१ रनको शानदार इनिङ खेल्दै टोलीलाई जिततर्फ डोर्‍याएका थिए ।

वेडले १७ बलमा २ चौका र ४ छक्कासहित ४१ रन बनाउँदा स्टोइनिसले ३१ बलमा २ चौका र २ छक्कासहित ४० रन बनाएका थिए । त्यसअघि मिट्चेल मार्सले २८ रनको योगदान गरेका थिए । यद्यपि, छैठौ विकेटका लागि स्टोइनिस र वेडले गरेको ८१ रनको साझेदारी अस्ट्रेलियाका लागि जितको प्रमुख शुत्र बन्यो ।

पाकिस्तानका लागि सादब खानले ४ तथा शाहीन शाह अफ्रिदीले १ विकेट लिए ।

पहिलो इनिङमा ब्याटिङ गरेको पाकिस्तानका लागि मोहम्मद रिजवानले ५२ बलमा ३ चौका र ४ छक्कासहित ६७ रनको अर्धशतकीय इनिङ खेलेका थिए । यस्तै फकर जमानले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५५ बलको अविजित अर्धशतकीय इनिङ खेल्दा कप्तान बाबर आजमले ३९ रनको योगदान गरेका थिए ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले २ तथा प्याट कमिन्स र एडम जाम्पाले १/१ विकेट लिए । जितसँगै फाइनलमा पुगेको अस्ट्रेलियाले आइतबार फाइनलमा न्युजिल्यान्डसँग उपाधिका लागि खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर