५९.५७ अंकले घट्यो नेप्से, सबै समूहगत परिसूचकमा गिरावट – Nepal Press

५९.५७ अंकले घट्यो नेप्से, सबै समूहगत परिसूचकमा गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ५९.५७ अंकले घटेको छ । २२५ कम्पनीको सेयर ९४ लाख ७५ हजार ९३६ कित्ता सेयर किनबेचबाट करिब ५ अर्ब ११ करोड कारोबार भयो ।

सेन्सेटिभ परिसूचक समेत १०.६२ अंकले घटेर ५०२.२० अंकको बिन्दुमा पुगेको छ ।

आज १३ वटै समूहगत परिसूचकहरू घटेका छन । सबैभन्दा धेरै जीवन बीमा समूह ३१६.४ अंकले घटेको छ । यसैगरी नीर्जीवन बीमा समूहको सूचांक करिब २९४ अंक, विकास बैंक समूहको १९४.२८ अंक, माइक्रोफाइनान्स समूहको ११४ अंक, वित्तीय समूहको १०९ अंक, जलविद्युत समूहको ७०.४५ अक, उत्पादन तथा प्रसोधन समूहको ६३.३६ अंक र व्यपार समूहको ५९.२३ अंकले घटेको छ ।
नेप्सेमा भएको गिरावटका बाबजुद माहूली लघुवित्त वित्तीय संस्था र तेह्रथुम जलविद्युत कम्पनीको सेयर कारोबारमा भने सकारात्मक सर्किटब्रेक लागेको छ ।

आईसीएफसी फाइनान्स कम्पनी र महालक्ष्मी बैंकको सेयर कारोबार घट्नेक्रम आज पनि जारी रह्यो । समाजिक सञ्जालमा हल्ला चलाएर केही कारोबारीहरुले यि कम्पनीको मूल्य बढाएर सेयर बिक्री गरेका थिए । पछिल्लो समय उनीहरूले नै उक्त दुई कम्पनीको सेयर कारोबार घटाइरहेका छन् ।

४७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको महालक्ष्मी विकास बैंक कारोबरा रकमका आधारमा पहिलो स्थानमा रहन सफल भएको छ । यसैगरी वाणिज्य बैंकहरूमध्ये सर्वाधिक लाभांश घोषणा गरेको नविल बैंक कारोबार रकमका आधारमा दोस्रो स्थानमा छ ।

लगानीकर्ताले सेयर कर्जाको ४-१२ सीमा बढाउन वा हटाउनसमेत माग गरिरहेका छन । अहिले देखिएको तरलताको व्यवस्थानका लागि केन्द्रीय बैंकले केहि नीतिगत व्यवस्था गरिदिएमा ब्याजदरमा स्थायित्व कायम हुने भएकाले लगानीकर्ता लगानीका लागि प्रोत्साहित हुने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *