एमाले रोल्पा नगर कमिटी अध्यक्षमा घनश्याम आचार्य – Nepal Press

एमाले रोल्पा नगर कमिटी अध्यक्षमा घनश्याम आचार्य

रोल्पा । नेकपा एमाले रोल्पा नगरपालिका कमिटीको अध्यक्षमा घनश्याम आचार्य चयन भएका छन् । एमाले नगरपालिका कमिटीको बुधबार लिवाङमा सम्पन्न प्रथम अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा बालाराम डाँगी, सचिवमा दुर्गा पुन, उपसचिवमा सविना विश्वकर्मा र उपसचिवमा रामबहादुर बुढाथोकीलाई चयन गरेको छ । रोल्पा नगरपालिकाको कमिटी ३१ सदस्यीय बनेको एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर