दाङका सिडिओलाई ‘अबैध क्रसर उद्योग’ संचालकको स्वागत – Nepal Press

दाङका सिडिओलाई ‘अबैध क्रसर उद्योग’ संचालकको स्वागत

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई तुलसीपुर उद्योग वाणिज्य संघले आफ्नै कार्यालयमा बोलाएर स्वागत तथा सम्मान गरेको छ । प्रजिअ रेग्मीलाई स्वागत र सम्मान गर्न तुलसीपुरका व्यवसायी मात्रै होइन, ‘अबैध क्रसर उद्योग’का संचालक पनि पुगेका थिए ।

स्वागत र सम्मान गर्ने कार्यक्रममा अग्रपंक्तिमा गएर पुष्पगुच्छाले स्वागत गर्नेमध्येका एक हुन्, मंगलम बालुवा प्रशोधन उद्योग तुलसीपुरका संचालक विमल रिजाल । रिजाल संचालक रहेको उक्त उद्योगले बालुवा प्रशोधन गर्ने अनुमति मात्रै पाए पनि नियमविपरीत क्रसर उद्योग सञ्चालन गर्दै आएको छ ।

उक्त बालुवा प्रशोधन उद्योगलाई जिल्ला प्रशासन कार्यालय दाङले ‘अबैध’को सूचीमा राखेको छ ।

दाङका तत्कालीन प्रजिअ दृघनारायण पौडेलले बन्द गर्न लिखि पत्र पठाएका अबैध १० क्रसर उद्योगमध्ये मंगलमय बालुवा प्रशोधन उद्योग ५ नम्बरमा रहेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित उक्त क्रसर उद्योगमा विमल रिजालसहित मनोज रिजाल, जगतबहादुर खड्का र माधव बुढाथोकीको लगानी छ । रिजाल कांग्रेस नेता समेत हुन् । उनले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् ।

मनोज रिजाल यहाँका प्रतिष्ठित व्यापारी हुन् । जगतबहादुर खड्का दाङ क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति हुन् भने बुढाथोकी वाइसीएल दाङका अध्यक्ष हुन् । उनी अर्थमन्त्री जनार्दन शर्माका अतिनिकट मानिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर