एमाले महाधिवेशन: ओलीले उद्‍घाटन गर्ने, ५ लाख कार्यकर्ता उतार्ने – Nepal Press

एमाले महाधिवेशन: ओलीले उद्‍घाटन गर्ने, ५ लाख कार्यकर्ता उतार्ने

महाधिवेशन प्रचार सम्पूर्णरूपमा डिजिटल हुने

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनको उद्‍घाटन चितवनको नारायणी नदी किनारमा अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।

बुधबार बसेको महाधिवेशन मुल व्यवस्थापन समितिको बैठकले महाधिवेशनको उद्घाटनमा चितवन र त्यस आसपासका जिल्लाबाट ५ लाख कार्यकर्ता उतार्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

तीन दिनसम्म चल्ने महाधिवेनको अध्यक्ष ओलीले मंसिर १० गते अपरान्ह १२ बजे उद्घाटन गर्ने भएका छन् । कात्तिक २७ गते देशभरका महाधिवेशन प्रतिनिधिको निर्वाचन हुने र ३० गते त्यसको सम्पूर्ण विवरण केन्द्रीय कार्यालयमा पठाउन पनि बैठकले निर्देशन दिएको भट्टराईले जानकारी दिए ।

चुनावमा विद्युतीय मतदान मेसिन प्रयोग हुने छ । ११ गते निर्वाचन प्रक्रिया आरम्भ हुने र १२ गते मत परिणाम आउने उनले बताए ।

एमालेले महाधिवेशनका लागि भित्तेलेखन र पोष्टर नटाँस्ने भएको छ । महाधिवशेनसम्बन्धी एमालेका सबै प्रचार डिजिटल माध्यममा हुने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर