पूर्वराजाप्रति देउवा आक्रोशित, शासन गर्ने मन भए चुनाव लड्न चुनौती (भिडिओसहित) – Nepal Press

पूर्वराजाप्रति देउवा आक्रोशित, शासन गर्ने मन भए चुनाव लड्न चुनौती (भिडिओसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रबाट दसैँका अवसरमा व्यक्त भएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । देउवाले पूर्वराजालाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिँदै शासन गर्ने मन भए चुनाव लड्न चुनौती दिएका छन् ।

गणेशमान स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोशित बनेका हुन् । देउवाले प्रजातन्त्रको पक्षमा आफू उभिँदा तत्कालीन राजाले जेल हालेको भन्दै आफूलाई जेलमा कोचेपछि नेपालमा गणतन्त्रको माहौल सुरू भएको बताए ।

पूर्वराजाले दसैँका बेला राजा र जनता मिलेरमात्र नेपालमा प्रजातन्त्र जोगिने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर