तीन प्रदेशका प्रमुख फेरिए: कांग्रेस, माओवादी र जसपामा भागबण्डा – Nepal Press

तीन प्रदेशका प्रमुख फेरिए: कांग्रेस, माओवादी र जसपामा भागबण्डा

काठमाडौं । सरकारले विभिन्न ३ प्रदेशका प्रदेश प्रमुखहरू परिवर्तन गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो ।

सरकारले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए । नयाँ प्रदेश प्रमुखहरुमध्ये खापुङ जसपा, परियार नेकपा माओवादी र जोशी नेपाली कांग्रेसनिकट हुन् । जोशी संविधानसभा सदस्यसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर