कारोबार सुरू भएको दुई घण्टामै ६१ अंकले घट्यो नेप्से – Nepal Press

कारोबार सुरू भएको दुई घण्टामै ६१ अंकले घट्यो नेप्से

काठमाडौं । कारोबार सुरू भएको २ घण्टामै नेप्से परिसूचक ६१.७२ अंकले घटेको छ । १ बजेसम्मको कारोबारमा २२२ कम्पनीको ५५ लाख १९ हजार १९३ कित्ता सेयर किनबेचबाट ३ अर्ब २३ करोड बराबरको कारोबर भएको छ । समूहगत परिसूचकतर्फ अधिकांश सुचाङ्कहरू घटेका छन् ।

नेपाल राष्ट्र बैंकले कातिक ३ गतेको नियमनुसार बैंक वित्तीय संस्थाले एक पटकमा मुद्दतीको ब्याजदर १० प्रतिशतसम्म बढाउन पाउँछन् । सोही नीतिनुसार बैंकहरूले मंसिर महिनाको ब्याजदर बढाउने तयारी गरेका छन् । कात्तिकमा ९.३७ प्रतिशत ब्याजदरमा भद्र सहमत गरेका बैंकहरुको ब्याजदर मंसिर महिनामा १०.३१ प्रतिशत ब्याजदर कायम गर्ने निश्चित जस्तै रहेको छ । बैंकिङ प्रणालीमा तरलताको चरम अभाव रहेकाले निक्षेप आकर्षित गराउनका लागि पनि बैंकहरुले ब्याजदर बढाउने तयारीमा रहेका छन । यसैगरी मंसिर महिनामा कर्जाको ब्याजदर समेत बढ्ने सम्भावना उच्च रहेकाले लगानीकर्ता हच्किएका छन् ।

यसैगरी तरलता अभावका कारण सेयर बजारमा जाने कर्जामा नेपाल राष्ट्र बैंकको कडाइका कारण लगानीकर्ताहरुमा सेयर बिक्री गर्दा विक्री चापका कारण बजारमा गिरावट आएको हो । बैंक वित्तीय संस्थहरुले सेयर कर्जा दिन बन्द गरेपछि लगानीकर्ताहरुले सेयर बेच्नेक्रम बढेको छ । त्यसैको प्रभाव सेयर बजारमा परेको छ ।

ब्याजदर र सेयर बजार बीच नकारात्मक सम्वन्ध हुने गर्दछ । ब्याजदर बढ्दा सेयर बजार घट्ने र ब्याजदर घट्दा सेयर बजार बढ्ने हुन्छ । तरलता अभावले ब्याजदर वृद्धिलाई प्रोत्साहित गर्छ भने अधिक तरलताले ब्याजदर घटाउन सहयोग गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर