डिम्याट खाता खोल्नेको संख्या ४६ लाख १८ हजार पुग्यो – Nepal Press

डिम्याट खाता खोल्नेको संख्या ४६ लाख १८ हजार पुग्यो

काठमाडौं । सेयर खाता ‘डिम्याट’ खोल्नेको संख्या ४६ लाख १८ हजार पुगेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । सेयर बजारमा नयाँ लगानीकर्ताहरू भित्रिने क्रम तीब्ररूपमा तीब्ररूपमा बढिरहेका छन् ।

पछिल्लो १ महिनामा नै करिब १ लाख नयाँ लगानीकर्ता प्राथमिक सेयर बजारमा प्रवेश गरेका छन् । यसैगरी मेरो सेयरका प्रयोगकर्ता ३७ लाख ३४ हजार ३१९ रहेको सीडीएमसीले जनाएको छ ।

४ वर्षअगाडि कागजीरूपमा कारोबार हुँदै आएको बजारलाई डिम्याट खाता अनिवार्य गर्दै सेयरको अभौतिकरण गरिएको छ । आईपीओ भर्न, दोस्रो बजारबाट सेयर खरिद मौज्दात राख्न र बिक्री गरिएको सेयर ट्रान्सफर गर्नका लागि डिम्याट खाताको प्रयोग गरिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *