तातोपानी नाकाको अवलोकन गर्न पुगे सभामुख र अर्थमन्त्री (तस्बिरहरु) – Nepal Press

तातोपानी नाकाको अवलोकन गर्न पुगे सभामुख र अर्थमन्त्री (तस्बिरहरु)

सिन्धुपाल्चोक । सभामुख अग्नि सापकोटा र अर्थमन्त्री जर्नाधन शर्मा पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न सिन्धुपाल्चोक पुगेका छन् ।

सोमबार बिहान सभामुख सापकोटा र अर्थमन्त्री शर्माले अरनिको राजमार्ग र तातोपानी नाकामा रहेको मितेरी पुलसम्मको अवलोकन गरेका छन् ।

उनीहरुले गत साउनमा गएको पहिरोले अवरुद्ध बनाएको चीन र नेपालको सीमानामा रहेको तातोपानी नाकाको पनि अवलोकन गरेका थिए । अरनिको राजमार्ग पहिरोको कारण लामो समय अवरुद्ध बनेको थियो ।

पहिरोले अवरुद्ध पुर्‍याएपछि चीनबाट तातोपानी नाका हुँदै आउने सामान ल्याउन सकेको थिएन । साथै यसअघि  २०७२ काे भुकम्पले  ताताेपानी नाका पूर्ण रुपमा  क्षति पुगेकाे थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *