निहुँ नखोज्न योगेशलाई नेकपा एस निकट अखिलको चेतावनी – Nepal Press

निहुँ नखोज्न योगेशलाई नेकपा एस निकट अखिलको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) निटक संगठनले नेकपा एमालेका नेता योगेश भट्टराईलाई निहुँ नखोज्न चेतावनी दिएको छ ।

एस निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भट्टराईले नेकपा (एकिकृत समाजवादी)का विषयमा व्यक्त गरेको विचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदैँ आपत्ती जनाएको हो ।

सबैले लडेर स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको आधारभूत मान्यतालाईसमेत विर्सेर भट्टराईले व्यक्त गरेको विचारले उनको आफ्नै राजनीतिक कद घटाइरहेको अनेरास्ववियुले निष्कर्ष निकालेको संगठनका अध्यक्ष सुदेश पराजुलीले विज्ञप्तीमार्फत जनाएका छन् ।

पराजुलीले विज्ञप्तीमार्फत एमाले नेता भट्टराईलाई प्रश्न गर्दै भनेका छन्, ‘तपाईको प्रतिगामी पार्टी एमालेको पार्टी कार्यालय कहाँ छ ? करोडौ राजस्व छल्नेले दानमा दिएको घरमा पार्टी कार्यालय राख्नेले सिसाको घरमा बसेर ढुंगा हानेको कत्ति पनि सुहाएन । जनताको व्यवस्थालाई कमजोर बनाएर ‘वा’ प्रवृत्तिलाई खुसी बनाउदैँ नव प्रतिगामीको खरानी कति दिनसम्म घसिरहने हो ? हिजो आफैले ओली प्रतिगमन विरुद्ध देशभर गरको घन्काएको नारा याद छ कि छैन ? कति चाडैँ प्रतिगामीको मतियार बन्ने भूत जागृत भएको हो ? प्रतिगमनको सेवकका रुपमा हामी क्रान्तिकारीहरुसँग जोरी नखोज्न चेतावनी पनि दिन चाहान्छौ । कसको ठेगाना कहाँ हो ? आगामी निर्वाचनमा सार्वभौम नेपाली नागरिकले देखाईदिनेछन् ।’

एस निकट विद्यार्थी संगठनले समाजवादको यात्रामा अविचलित देशभरका राष्ट्रवादी, देशभक्त विद्यार्थीको तर्फबाट आफ्ना कुण्ठा मिश्रित अभिव्यक्ति तत्काल फिर्ता लिन पनि विज्ञप्तीमार्फत आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर