विमानस्थलमा देउवा- गठबन्धन चुनावसम्म जान्छ, फ्रेण्ड्ली प्रश्न गरेकोमा पत्रकारलाई धन्यवाद – Nepal Press

विमानस्थलमा देउवा- गठबन्धन चुनावसम्म जान्छ, फ्रेण्ड्ली प्रश्न गरेकोमा पत्रकारलाई धन्यवाद

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले सत्ता गठबन्धन चुनावसम्मै जाने भन्दै आफूहरुबीचमा कुनै समस्या नरहेको प्रष्ट पारेका छन् ।

त्रिभुवन अन्तर्रांष्ट्रिय विमानस्थलका पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले गठबन्धनको बचाउ गरेका हुन् ।

कोप २६ सँग सम्बन्धित विषय बाहेक अरु प्रश्न नगर्न शुरुमै आग्रह गरेका देउवाले प्रधानन्यायाधीश प्रकरणमा भने केही बोल्न चाहेनन् । उनले एमसीसी संसदबाट प्रक्रिया पूरा गरेर पास हुने बताए ।

संक्षिप्त पत्रकार सम्मेलनमा देउवाले आफूले विश्वका नेताहरुबाट सद्भाव पाएको दावी गरे । अन्तिममा आफूमैत्री प्रश्न गरेकोमा उनले पत्रकारहरुलाई धन्यवाद दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर