कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा वाणिज्य बैंक, सीडी अनुपात ९० प्रतिशतनजिक – Nepal Press

कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा वाणिज्य बैंक, सीडी अनुपात ९० प्रतिशतनजिक

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूमा तरलताको संकट थप गहिरिएको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूको औषत सीडी अनुपात ८९.७३ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सीडी अनुपात ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ८५ प्रतिशतको सीसीडी अनुपात हटाएर ९० प्रतिशत सीडी अनुपात कायम गरेको थियो । मौद्रिक नीति जारी हुँदा नै १७ वाणिज्य बैंकहरूले ९० सीडी अनुपातभन्दा बढी कर्जा लगानी गरिसकेका थिए ।

जसका कारण बैंक वित्तीय संस्थामा ब्याजदर वार सुरु भएको थियो । कातिक महिनासम्म आइपुग्दा बैंकहरूले निक्षेपको ब्याजदर बढाएर १२ प्रतिशतसम्म पुर्याएपछि नेपाल राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गर्‍यो । एकपटकमा अघिल्लो महिनाको भन्दा १० प्रतिशत मात्रै ब्याजदर बढाउन पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । जसका कारण बैंकहरू ब्याजदर घटाउन बाध्य भएका थिए ।

बैंक वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाएपनि निक्षेप भने बढ्न सकेको छैन । कात्तिक महिनाको दोस्रो सातामा निक्षेप २ अर्बले घटेको छ । कातिक महिनाको पहिलो सातासम्ममा बैंकिङ प्रणालीमा कुल ४२४९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा दोस्रो सातामा २ अर्बले घटेर ४२ ४७ अर्ब पुगेको छ । निक्षेप नबढेपनि कर्जा लगानी भने कातिकको दोस्रो सातामा २० अर्बले बढेको छ ।

बैंकिङ प्रणालीमा तरलताको अभाव भएपछि बैंकहरुले एसएलएफ प्रयोग मार्फत कर्जा प्रवाह गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले ५ प्रतिशत ब्याजदरमा एसएलएफ उपलब्ध गराउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर