सामलिङ पावरको आईपीओ बाँडफाँट – Nepal Press

सामलिङ पावरको आईपीओ बाँडफाँट

काठमाडौं । सामलिङ पावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो ।

सामलिङ पावर कम्पनीको आईपीओमा २१ लाख ८८ हजार ७ सय ७८ जना आवेदन दिएका थिए । आवेदन दिएका मध्येबाट ६७ हजार ८ सय ९० जनाले १०/१० कित्ता सेयर पाएका छन् ।

आवेदकले आफूलाई आईपीओ परे-नपरेको सामलिङ्ग पावर कम्पनी लिमिटेडको वेबसाइट, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ वेबसाइट, सीडीएससीले आईपीओको नतिजा हेर्न ल्याएको वेबसाइट र मेरो सेयरबाट सजिलै थाहा पाउन सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर