करिब २ लाख रकमसहित बर्दियामा ९ जुवाडे पक्राउ – Nepal Press

करिब २ लाख रकमसहित बर्दियामा ९ जुवाडे पक्राउ

बर्दिया । बर्दियामा करिब २ लाख रकमसहित ९ जना जुवाडे पक्राउ परेका छन् ।

गुलरिया नगरपालिका- ७ गुलरियागाउँस्थित रमेश यादवको घरको कोठामा जुवातास खेलिरहेको सूचनाको आधारमा घरधनीसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीहरूको साथबाट एक लाख अन्ठानब्बे हजार पाँच सय नगद र तास बरामद गरिएको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा रमेश यादव, रतिराम चौधरी, श्यामु यादव, गुमानबहादुर मल्ल, तेजकुमार चौधरी, सुरेश वली, टेकेन्द्र साउद, नारायण क्षेत्री र पदमबहादुर सुनार छन् । जुवासम्बन्धी कसुरमा म्याद थप गरी उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *