समर्थन फिर्ता लिने कांग्रेसको चेतावनीपछि राजीनामाको तयारीमा मुख्यमन्त्री शाही – Nepal Press

समर्थन फिर्ता लिने कांग्रेसको चेतावनीपछि राजीनामाको तयारीमा मुख्यमन्त्री शाही

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज राजीनामा दिने भएका छन् । नेपाली कांग्रेसको निरन्तर दबाबपछि अन्तत: उनी राजीनामा गर्न तयार भएको स्रोतले बताएको छ ।

गत बैशाखमा माओवादी र कांग्रेसबीच ६ महिनामा सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो । तर, मुख्यमन्त्री शाहीले राजीनामा नदिने अडान लिइरहेका थिए । सहजरुपमा सत्ता हस्तान्तरण नगरे सरकारलाई दिएको सर्मथन फिर्ता लिने कांग्रेसले चेतावनी दिएपछि मुख्यमन्त्री शाही राजीनामाको मनस्थितिमा पुगेको माओवादी केन्द्रका एक सांसदले नेपाल प्रेसलाई बताए ।

केन्द्रमा रहेको गठबन्धनका आधारमा मुख्यमन्त्री माओवादीले नै पाउने भनेर माग गरे पनि केन्द्रभन्दा यहाँको सहमति ठूलो भएको भन्दै काँग्रेस नेता जीवनबहादुर शाहीले तत्काल राजीनामा दिन माग गर्दै आएका थिए । आज नेकपा समाजवादी बनेका तीनजना मन्त्रीहरुको पदावधी सकिने भएपछि पुरानो सहमतिअनुसार नै माओवादीले सत्ता हस्तान्तरण गर्नुपर्ने माग कांग्रेसको छ ।

अहिले मन्त्रिपरिषद् बैठक तय भएको छ । मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो, ‘यो नै सायद अन्तिम बैठक हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर