सेयर बजार दोहोरो अंकले घट्यो, सात अर्बमाथि कारोबार – Nepal Press

सेयर बजार दोहोरो अंकले घट्यो, सात अर्बमाथि कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्स्चेन्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमबल ७५ अंकले घटेर दुई हजार ८१९ दशमलब ८७ बिन्दुमा कारोबार रोकिएको छ ।

२२६ कम्पनीको १३ करोड चार लाख तीन हजार ३१२ कित्ता सेयर खरिदबिक्रीमा आज सात अर्ब ७७ करोड ७५ लाख बराबरको कारोबार भयो । सोमबार सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३६ करोड ५८ लाख ७१ हजार २५९ रूपैयाँ १० पैसाको कारोबार भएको छ ।

बैंकिङ, होटल र लगानी समूहको सूचकबाहेक सबै समूहको सूचक राताम्मे छन् । सोमबार दोहोरो अंकले बजार घट्दा पनि मानुसी लघुवित्त, साहास ऊर्जा र पाँचथर पावरका लगानीकर्ताले भने कमाएका छन् । मानुसी लघुवित्तको सेयरमा १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, साहस ऊर्जाको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी छ भने पाँचथर पावरको सेयर पनि नौ प्रतिशतभन्दा बढीले बढेको छ ।

आज सबैभन्दा धेरै गुमाउनेमा कामना सेवा विकास बैंकका लगानीकर्ता छन् । कम्पनीको सेयर मूल्य ६ दशमलव ७२ प्रतिशतको गिरावट आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *