गृहनगरमा गृहमन्त्री फेरि विवादित- निजी निवासमा झण्डाविनाको सलामी – Nepal Press

गृहनगरमा गृहमन्त्री फेरि विवादित- निजी निवासमा झण्डाविनाको सलामी

रुपन्देही । कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण गृहमन्त्रीको रुपमा दोस्रो पटक रुपन्देही आउँदा पनि विवादमा परेका छन् ।

भैरहवा विमानस्थलमा राखिएको बुद्धमूर्ति अनावरणमा विशिष्ट अतिथिको रुपमा पुग्नुअघि आइतबार आफ्नो गृहनगर रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा लिएको सलामीले विवादित बनाएको हो ।

विशिष्ट व्यक्तिलाई सरकारी कार्यालय वा सरकारी निवासमा दिइने सलामी उनको घरमा दिइएको विषयमा प्रहरी अधिकृतहरु नै आश्चर्यमा परेका छन् ।

‘सरकारी कार्यालय वा सरकारी निवासमा दिने गरिन्छ सलामी, यहाँ त झण्डा पनि नराखी निजी घरमा दिइयो, कसको दवाव वा चाकडी हो जान्न सकिएन,’ ती प्रहरी अधिकृतले नेपाल प्रेससँग भने ।

आइतबार बिहान मन्त्री खाँण राष्ट्रपति विद्यादेवी भण्डारीसँगै बुद्ध जन्मस्थल लुम्बिनी जाने भनेर लुम्बिनी विकास कोषले प्रचार गरेको थियो तर बिहान भैरहवा आएका उनी आफ्नै घरमा सलामी खाएर स्थानीयमा आफ्नो प्रभाव देखाउन थाले, लुम्बिनी गएनन् ।

असारमा गृहमन्त्री बनेका खाँण कार्तिक १ गते गृहजिल्ला आउँदा ९९ किलोको माला लगाएर आलोचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर