लक्ष्मीप्रसाद महर्जन ब्याडमिन्टन च्याम्पियन – Nepal Press

लक्ष्मीप्रसाद महर्जन ब्याडमिन्टन च्याम्पियन

काठमाडौं । लक्ष्मीप्रसाद महर्जन बूढानीलकण्ठ नगरपालिका वडा १२ स्तरीय ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सको च्याम्पियन बनेका छन् ।

कपनको फैकास्थित हिमाल ब्याडमिन्टन हलमा भएको प्रतियोगिताको फाइनलमा आइतबार लक्ष्मीले सविन तिवारीलाई २१-१८ र २१-१९ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । उनले ८ हजार तथा सविनले ४ हजार नगद पुरस्कारसहित ट्रफी, पदक तथा प्रमाण पत्र प्राप्त गरे ।

नागेश्वरी युवा क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्समा रामचन्द्र श्रेष्ठ र राजेश मल्ल ठकुरीको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले राजेन्द्र मगर र भरत थापाको जोडीलाई २-० को सोझो सेटमा हराए ।

ट्रफी, पदक तथा प्रमाण पत्रसहित विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार पाए । दीपक क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए । दुईदिने प्रतियोगिताको सिंगल्समा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए भने डबल्समा १७ जोडी सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर