इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्छौ : ६ संयुक्त विद्यार्थी संगठन (भिडि‌ओ) – Nepal Press

इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्छौ : ६ संयुक्त विद्यार्थी संगठन (भिडि‌ओ)

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गरेका छन् । मूल्यवृद्धिका कारण नागरिकको जनजीवन कठिन भएको ठहर गर्दै ६ विद्यार्थी सँगठनले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

संयुक्त विज्ञप्तीमा हस्ताक्षर गर्नेमा अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही र अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर रहेका छन् ।

आयल निगमभित्रका भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै नागरिकलाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन विभिन्न उपायको खोजी गर्नुको साटो अन्तराष्ट्रिय बजारको मूल्य समायोजनको नाममा एकोहोरो रुपमा गरिएको मूल्यवृद्धिप्रति विद्यार्थी संगठनले आपत्ति जनाउदैँ विज्ञप्तीमार्फत आन्दोलतको चेतावनी दिइएको छ ।

मुलुकका ८० लाख विद्यार्थीको प्रतिनिधि संगठनको आग्रहलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रन बाध्य हुने उनीको चेतावनी छ । ‘दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेलजस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ । बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको केबल तेलको व्यापारीको जस्तो भूमिका किमार्थ स्वीकार्य छैन ।’ संयुक्त जारी विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर