‘बोक्सा’को आरोपमा पुरुषलाई मलमुत्र खुवाइयो, एक महिला पक्राउ – Nepal Press

‘बोक्सा’को आरोपमा पुरुषलाई मलमुत्र खुवाइयो, एक महिला पक्राउ

जनकपुरधाम । महोत्तरीमा बोक्साको आरोपमा एक पुरुषमाथि कुटपिट गर्नुका साथै मलमूत्र खुवाइएको छ । औरही नगरपालिकाका ९ का ५५ वर्षीय रुपसी ठाकुर लोहारलाई छिमेकीले बोक्साको आरोप लगाउँदै कुटपिट गर्दै मलमूत्र खुवाएका हुन् ।

छिमेकी रामशिला देवी मण्डल, उनका छोरा रामकृष्ण मण्डल, सोही ठाउँकी सुखियादेवी र उनका छोरा कृष्ण मण्डलसहितले घर पसेर लोहारमाथि कुटपिट गर्दै मुखमा मलमुत्र कोचाएको प्रहरीले जनाएको छ ।

महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी प्रकाश विष्टका अनुसार घटना बिहीबार साँझको हो । सुरुमा दुवै पक्षबीच आपसमा गालीगलौज भएको थियो । त्यसपछि एक समूहले लोहारलाई मलमुत्र खुवाएका थिए । घटनामा संलग्न एक महिला पक्राउ परेकी छन् ।

पक्राउ परेकी रामशिलाका श्रीमानको केही दिन अगाडि मृत्यु भएको थियो । लगत्तै कात्तिक १० मा उनका छोरा मोटरसाइकल दुर्घटनामा परे । दुई घटना ठाकुरले नै टुनामुना लगाएर गराएको भन्दै रामशिलाले लोहारलाई मलमुत्र खुवाउन लगाएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको डिएसपी विष्टले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर