कार्यकर्तालाई सिके राउतको कडा निर्देशन– गोली चले पनि पछि नहट्नू – Nepal Press

कार्यकर्तालाई सिके राउतको कडा निर्देशन– गोली चले पनि पछि नहट्नू

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले आन्दोलनका क्रममा गोली चले पनि पछि नहट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

भ्रष्टाचार र बेतिथिविरुद्ध जनआन्दोलनको तयारी स्वरुप घोषणा गरेको ९ दिने आन्दोलनको पाँचौ दिन आज डा. राउतले यस्तो निर्देशन दिएका हुन् । उनले सामाजिक सञ्जालमा रहेको सचिवालय पेजमार्फत निर्देशन दिँदै भनेका छन्, ‘कुनै पनि हालतमा पछि नहट्ने, चाहे लाठी चार्ज होस् वा गाली चलोस् ।’

उनले प्रहरी, प्रशासन, अन्य पार्टी तथा घुसपैठियाहरुले आक्रमण गर्छन् नै भनेर मानसिक रुपले तयार रहन पनि कार्यकर्तालाई भनेका छन् ।

भ्रष्टाचारको आरोप लगाउँदै जनकपुरस्थित संघीय खानेपानी तथा ढल निकास आयोजना कार्यालय प्रमुख राजेश्वर कुशवाहालाई कात्तिक ४ मा अर्धनग्न बजार घुमाएर राउतका कार्यकर्ताले दुव्र्यवहार गरेका थिए ।

उक्त घटनाको विरोधमा इन्जिनियरहरु आन्दोलित छन् । उनीहरुले पक्राउ परेका राउतका १७ कार्यकर्तामाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । उनीहरुको काउन्टरमा जनमत पार्टी पनि आन्दोलनमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर