दुर्घटनामा ज्यान गुमाएका फुटबलर सालाका उडान व्यवस्थापक दोषी ठहर – Nepal Press

दुर्घटनामा ज्यान गुमाएका फुटबलर सालाका उडान व्यवस्थापक दोषी ठहर

काठमाडौं । दुर्घटनामा परी मृत्यु भएका अर्जेन्टिनी फुटबल खेलाडी इमिलियानो साला सवार विमानको उडान व्यवस्थापक डेभिड हेन्डरसन अपराधी ठहर भएका छन् । यसअघि चालक डेभिड इब्बोटसनसँग व्यावसायिक उडान भर्ने इजाजतपत्र (लाइसेन्स) नभएको खुलेको थियो ।

साला चढेको विमानको सुरक्षाजाँच राम्रोसँग नगरेको कसुरमा डेभिड दोषी ठहर भएका हुन् । सन् २०१९ को जनवरीमा फ्रान्सबाट वेल्सको कार्डिफका लागि उडेको विमान दुर्घटनाग्रस्त हुँदा २८ वर्षीय साला र पाइलट डेभिड इब्बोटसनको मृत्यु भएको थियो ।

सन् २०१९ को वर्ष जनवरी २१ मा भएको उक्त दुर्घटनाबारे गरिएको अनुसन्धानबाट पाइलटसँग लाइसेन्स नभएको तथ्य खुलासा भएको थियो ।

पाइलट इब्बोटसनले त्यसअघि लिएको इजाजतपत्र नोभेम्बर २०१८ मै खारेज भइसकेको निष्कर्ष अनुसन्धानले निकालेको थियो । साथै, उक्त विमानसँगसमेत व्यावसायिक उडान भर्ने इजाजत नभएको पनि त्यो प्रतिवेदनमा जनाइएको छ ।

फ्रेन्च क्लब न्याटेसबाट इङ्लिस प्रिमियर लिग खेल्ने सपना पूरा गर्न इङ्लिस क्लब कार्डिफ सिटी आउने क्रममा साला चढेको विमान दुर्घटनामा परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर