अधिकांश न्यायाधीश भोलिदेखि इजलासमा फर्किने प्रधानन्यायाधीशको संकेत – Nepal Press

अधिकांश न्यायाधीश भोलिदेखि इजलासमा फर्किने प्रधानन्यायाधीशको संकेत

राणाले वकिलसँग भने- कर्मचारी र न्यायाधीश सरुवामा समेत भागबण्डा खोजे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले शुक्रवारदेखि सर्वोच्च अदालतका अधिकांश इजलासहरू सुचारु हुने संकेत गरेका छन् । कांग्रेस र एमालेनिकट संगठनका करिब एक दर्जन कानून व्यवसायीहरूसँगको भेटमा प्रधानन्यायाधीशले ‘भोलिदेखि प्रायः इजलास चल्ने’बताएका हुन् ।

पूर्वन्यायाधीश भैरव लम्सालको निधनमा शोक प्रस्ताव पारित गर्न विहीबार करिब एक घण्टा फुल कोर्टको बैठक बसेको थियो ।

सो छलफल चलिरहँदा डीएलए र पीपीएलए सम्बद्ध वकिलहरू प्रधानन्यायाधीशको च्याम्बरबाहिर पर्खेर बसेको थिए । कार्की र शर्मा निस्केपछि करिब एक दर्जन वकिलले प्रधानन्यायाधीशसँग पछिल्लो अवस्थाको बारे छलफल गरेका थिए ।

सो अवसरमा प्रधानन्यायाधीशले आफूमाथि नियोजितरूपमा घेराबन्दी भएको भन्दै सडकबाट राजीनामा माग्दैमा नदिने बताएका थिए । उनले केही वरिष्ठतम न्यायाधीशले कर्मचारी सरुवादेखि न्यायाधीश सरुवामा समेत भागबण्डा खोजेको र त्यो नपाउँदा आफूविरुद्ध बाहिरी जमात सक्रिय गराएको बताए ।

सो अवसरमा वकिलहरूले इजलास बहिष्कारको अवस्थाबारे सोधेपछि राणाले भने- आजैबाट बस्ने थियो तर शोक प्रस्ताव पारित गरेपछि भएन । भोलिबाट एकाधबाहेक अरु बेन्च बस्छ होला ।

राणाको संकेत हड्तालमा उत्रिएका केही वरिष्ठतम न्यायाधीश र उनीहरू निकटबाहेक अरु इजलासमा फर्किने रहेको भेटमा सहभागी एक कानून व्यवसायीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर